एजेन्सी .
भारतको आध्र प्रदेशमा आइतबार बिहान भएको सवारी दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । भ्यान ट्रकसँग ठोक्किँदा भएको घटनामा चारजना घाइते भएका स्थानीय स्रोतले जानकारी दिएको छ।
मृत्यु भएका मध्ये आठजना महिला छन् । घाइते सबै बालबालिका रहेका समाचारमा जनाइएको छ ।
प्रहरीकाअनुसार दुर्घटना कुर्नूल जिल्लाको मदारपुरम गाउँनजिकै भएको हो । घाइतेहरूलाई उपचारार्थ सरकारी अस्पतालमा लगिएको प्रहरीले जानकारी दिएइको छ ।