फागुन १०, २०८० बिहिबार

काठमाडौँ, १० फागुन : संसारभर हजारौं हजार गीत गाएर विश्व प्रसिद्ध बलिउडका सुप्रसिद्ध गायक जावेद अलीको स्वरमा ‘आँधी बिचा’ बजारमा अाएकाे छ।

उक्त गीतमा सुरेन्द्र मान सिंहको  सम्पादन र विशाल गुरुङको निर्देशन रहेको छ । संगीतकार कृष रिजालको जादुमय संगीतमा रहेको उक्त गीत गीतकार मणि शर्मा रिजाल को रचना रहेको छ।

अमेरिकाको विभिन्न ठाउँमा भिडियो सुटिङ सम्पन्न भएको उक्त गीतमा  लक्षु शर्मा र योगिता महर्जनको अभिनय रहेको छ । गीत माया प्रेममा आधारित रोमान्टिक रहेको छ।