चैत २८, २०८० बुधबार

भरतपुर, २८ चैतः चितवनको भरतपुरमा जारी प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तेक्वान्दो कराते प्रतियोगिता सम्पन्न भएका छन्     
    
 करातेका दुई विधाकाताकुमुतेअर्थात् फाइटमा नौ स्वर्ण, तीन रजत चार काश्य पदकसहित १६ पदकका साग बागमती प्रदेश प्रथम भएको चार स्वर्ण, तीन रजत दुई काश्य पदकसहित कूल नौ पदकका साथ लुम्बिनी प्रदेश दोस्रो भयो भने तीन स्वर्ण, दुई रजत पाँच कास्य पदकसहित १० पदकका साथ सुदूरपश्चिम प्रदेश तेस्रो हुन सफल भयो     
    
 कोशी प्रदेश एक स्वर्ण, रजत कास्य पदकसहित कूल १३ पदक जित्न सफल भयो भने कर्णालीले एक स्वर्ण, पाँच कास्य पदकसहित पदक हात पा¥यो गण्डकी एक रजत पाँच कास्य पदकसहित पदक, मधेस प्रदेश पनि एक रजत सात कास्यसहित आठ पदक जित्न सफल भयो विजेताहरुलाई राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव एवं करातेका अध्यक्ष युवराज लामा, बागमतीका प्रदेशसभा सदस्य ईश्वर सापकोटा, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सूर्य भण्डारीले पुरस्कार वितरण गर्नुभयो     
    
 बक्सिङतर्फ विभिन्न तौल समूहका क्वाटर फाइनल तथा सेमिफाइनलका खेल सम्पन्न भएका छन् यस्तै, चित्रवन रङ्गशालामा एथलेटिक्सका खेल सम्पन्न भएका छन् पुरुष तथा महिला भलिबल भरतपुर महानगरपालिका१० स्थित गेष्टहाउस चौरमा जारी ब्याडमिन्टन भरतपुर कबर्डहलमा भइरहेका छन् ब्याडमिन्टनमा पुरुष टिम इभेन्टमा कोशी प्रदेश प्रथम भएको छभने बागमती दोस्रो, कर्णाली लुम्बिनी प्रदेशले तेस्रो स्थान हासिल गरेका छन्     
    
 त्यस्तै, महिला टिम इभेन्टतर्फ पनि कोशी प्रदेश नै प्रथम भएको कर्णाली प्रदेश दोस्रो, गण्डकी बागमती प्रदेशले तेस्रो स्थान हासिल गरेका छन् अन्य इभेन्टका फाइनल खेल आज हुनेछन् बखान स्मृति रङ्गशाला जारी महिला फुटबलतर्फ मङ्गलबार क्वाटरफाइनल चरणका खेल सम्पन्न भएका छन् आजदेखि सेमिफाइनल खेलहरु सुरु हुनेछन्     
    
 पौडीमा २७ स्वर्णसहित ५३ पदकसहित बागमती प्रथम    
    
 अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगितामा बागमती प्रदेश २७ स्वर्ण पदकसहित ५३ पदकका साथ प्रथम स्थान हुन सफल भएको लेक ट्वान्टी थाउजन्ट हवेलीमा भएको प्रतियोगितामा बागमतीले २७ स्वर्ण, १९ रजत सात कास्य पदकसहित ५३ पदकका साथ प्रथम स्थान हासिल गरेको हो     
    
 प्रतियोगितामा सुदूरपश्चिम प्रदेश तीन स्वर्ण, आठ रजत सात कास्यसहित १८ पदकका साथ दोस्रो स्थानमा रह्यो कोशी प्रदेशले तीन रजत, १३ कास्यसहित १६ पदकका साथ तेस्रो स्थान हासिल ¥यो लुम्बिनी प्रदेशले तीन कास्य पदकसहित चौथो स्थानमा रह्यो भने मधेस गण्डकी प्रदेशले एउटा पनि पदक जित्न सकेनन् दुई दिनसम्मको प्रतियोगितामा ९० पदकका लागि प्रतिस्पर्धा भएको थियो प्रतियोगिताको दोस्रो दिन मङ्गलबार १७ इभेन्टमा खेल भएका थिए