बैशाख ७, २०८१ शुक्रबार

काठमाडौं– उपेन्द्र सुब्बाको निर्देशन रहेको चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ। कमलादीमा बुधबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको ट्रेलरमा चलचित्रका मुख्य कलाकारलाई स्थान दिइएको छ । 

यो चलचित्र काठ क्षेत्रको परिवेश र त्यहाँ बस्ने सामान्य व्यक्तिहरूको कथामा आधारित रहेको बताइएको छ । ट्रेलरमा प्रवीण खतिवडालाई ब्राह्मण समुदायको युवाको भूमिकामा देख्न सकिन्छ । जो नेवार समुदायकी युवती (मेनुका प्रधान)सँग विवाह बन्धनमा बाँधिएका छन् । 

लिम्बू समूदायकी युवती (मिरुना मगर)सँग नजिकिएपछि प्रवीणको वैवाहिक सम्बन्धमा दरार आएको ट्रेलरमा देख्न सकिन्छ ।  काठ क्षेत्रमा छोरा लिएर बसेकी मिरुनालाई खोज्दै दायाहाङ राई शहर पसेको ट्रेलरमा देख्न सकिन्छ । समग्रमा कथा मिरुनाकै वरपर घुमेको ट्रेलरले संकेत गरेको छ । 

फिल्ममा प्रवीण, दयाहाङ, मेनुका, मिरुनासहित विप्लव प्रतीक, हेमन्त बुढाथोकी, लोकमणि सापकोटा, विद्या कार्की, बासु खनाल लगायतको अभिनय रहेको छ । फिल्म वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । 

कबड्डी फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको निर्माता शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्णुकुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ र जीवन लिम्बु थाक्लुङ सह-निर्माता हुन्