बैशाख ७, २०८१ शुक्रबार

बलेवा (बागलुङ), वैशाख बागलुङको जैमिनी नगरपालिकाले मौलिक पदमार्गको निर्माण थालेको नगरपालिकाले खर्चका हिसाबले सस्तो, स्थानीय स्रोतसाधनबाट तयार हुने मौलिकता बच्ने भएकालेमौलिक पदमार्गनिर्माणको काम थालेको नगर उपप्रमुख हरिहर शर्मा बताउनुहुन्छ      
    
 प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी युवालाई जैमिनीले मौलिक पदमार्ग निर्माणमा लगाउने गरेको हरेक वडामा मासिएका पदमार्ग निर्माण गर्दा मौलिकतालाई ध्यान दिन आग्रह गरिएको शर्माले बताउनुभयो आधुनिक संरचना हामीले भोगिसकेका संरचना होइनन्, परीक्षणकाल चलिरहेको ”, शर्मा भन्नुहुन्छ, “मौलिकता जोगाउनु अहिलेको पुस्ताको जिम्मेवारी हो, कला, संस्कृतिमा मौलिकताको धेरै चर्चा हुन्छ, तर संरचना निर्माणमा मौलिकताको खोजी हामीले थालेका छौँ ”    
    
 आधुनिक सडक मौलिक पदमार्ग निर्माणका कामलाई सँगै लैजान सकिने नगरको योजना मौलिकता हराउँदा परनिर्भरता बढ्ने भएकाले पनि पूर्वाधार निर्माणमा मौलिकताको खोजी गर्न जैमिनीले थालेको हो यसरी पदमार्ग निर्माणमा स्थानीय सीपको प्रयोग हुने भएकाले आयातित जनशक्तिको आवश्यकता पर्दैन     
    
 मौलिक पदमार्ग निर्माणका लागि नगरले वडालाई समेत प्रोत्साहन गर्ने गरेको पर्यटनका हिसाबलेसमेत मौलिक पदमार्ग महत्वपूर्ण हुने भएकाले पर्यटकीय क्षेत्रमा पुग्ने पदमार्गमा मौलिकताको खोजी विषेश हुने गरेको प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर भुजेल बताउनुहुन्छ     
    
 मौलिक उत्पादन, मौलिक संस्कृतिमा जोड दिइरहेको नगरपालिकाले संरचना निर्माणमा मौलिकताको खोजी गर्दा दीर्घकालीन प्रभाव राख्ने पदमार्ग तयार भएको वडा नं का अध्यक्ष विष्णु आचार्य बताउनुहुन्छ