बैशाख ७, २०८१ शुक्रबार

काठमाडौँ, वैशाखः एसिसी प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको सेमिफाइनलमा नेपालले कमजोर ब्याटिङ गरेको     
    
 ओमानको अल अमरात क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा जम्मा एक सय १९ बनाउन सक्यो     
    
 पारीको पहिलो बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले दोस्रो विकेटका रुपमा ओपनर आशिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमायो त्यसपछि सन्दीप जोराले अर्धशतकीय पारी खेल्दै खेल अगाडि बढाउने प्रयास गर पनि अन्य ब्याटरले साथ दिन सकेनन् जोराले ४० बलमा दुई छक्का चार चौकाको सहयोगमा ५० रन बनाए गुलसन झाले २० रन करन केसीले १७ रन बनाए भने अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्     
    
 कप्तान रोहितकुमार पौडेल १८ बलमा जम्मा पाँच रन बनाएर आउट भए कुशल मल्लले तीन, दीपेन्द्र सिंह ऐरीले पाँच, सोमपाल कामीले दुई रन मात्रै बनाउन सके अविनास बोहोराले एक ललित राजवंशीले दुई रन बनाए     
    
 नेपाललाई सस्तैमा समेट्ने क्रममा यूएईका लागि जुनैद सिद्दिकी, अली नासिर बासिल हमिदले दुई÷दुई विकेट लिए भने ओमिद साफी रहमान, आयान अफजल खान मुहम्मद फरुकले एक÷एक विकेट लिए
    
 नेपाल समूहको बिजेता रुपमा सेमिफाइलमा पुगेको हो भने युएई समूहबीको उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको हो     
    
 समूह चरणको खेलमा नेपालले सबै चार खेलमा जित हात पारेको थियो नेपालले मलेसियालाई पाँच विकेट, कतारलाई ३२ रन, हङकङलाई आठ विकेट साउदी अरेबियालाई विकेटले पराजित गरेको थियो     
    
 त्यसैगरी युएईले कुवेतलाई सात विकेट, बहराइनलाई ३७ कम्वोडियालाई नौ विकेटले हराएको थियो भने ओमानसँग नौ विकेटको पराजित भएको थियो आजै हुने अर्को सेमिफाइनलमा ओमान हङकङबीच प्रतिस्पर्धा हुँदैछ