बैशाख ८, २०८१ शनिबार

अत्तरिया (कैलाली), वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा बजेट बढाउने बताउनुभएको     
    
 सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले आज धनगढीमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताको पदक प्राप्त खेलाडीलाई बधाई तथा सम्मान कार्यक्रममा उहाँले प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो     
    
 मुख्यमन्त्री सोडारीले भन्नुभयो, “खेलकुदका क्षेत्रमा यस प्रदेशलाई स्थापित गर्न प्रदेश सरकारकातर्फबाट आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटमा यसअघिभन्दा उत्साहपूर्ण ढङ्गले बजेट विनियोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ”    
    
 उहाँले हिजोका दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने सुदूरले राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा प्रथम भएर नयाँ आशा जगाएको बताउनुभयो मुख्यमन्त्री सोडारीले पदक प्राप्त खेलाडीलाई प्रदेश सरकारले सम्मानस्वरुप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो     
    
 राष्ट्रिय खेलकुद परिषद्ले यही वैशाख देखि गतेसम्म काठमाडौँमा आयोजना गरेको १४औँ राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा यस प्रदेशले १९ स्वर्ण, १२ रजत १८ कास्य गरी ४९ पदक प्राप्त गरी प्रथम भएको सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको     
    
 बागमती प्रदेश खेलकुद परिषद्ले विसं २०८० चैत २५ गतेदेखि यही वैशाख गतेसम्म चितवनमा आयोजना गरेको अन्तर प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले २१ स्वर्ण, २१ रजत २९ कास्य गरी ७१ पदक प्राप्त गरी दोस्रो स्थान हासिल गरेको थियो