बैशाख ८, २०८१ शनिबार

कास्की, वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गर्नुभएको उहाँले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान राजीव गुरुङलाई आज जिम्मेवारी तोक्नुभएको हो     
    
 नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहनुभएका चुमानले आर्थिक मामिला मन्त्रालय गुरुङले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउनुभएको हो     
    
 मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रिपरिषद् कार्यविभाजन हेरफेरसहित जिम्मेवारी तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो     
    
 बाँकी रहेका उद्योग, पर्यटन, वन तथा वातावरण, ऊर्जा, जलस्रोत तथा खानेपानी, कृषि तथा भूमि व्यवस्था मन्त्रालय सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री अधिकारीले नै राख्नुभएको     
    
 गत चैत २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीले सोही दिन चुमान गुरुङलाई विनाविभागीय मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको थियो