बैशाख ९, २०८१ आइतबार

काठमाडौँ । गायक विशाल निरौला र गायिका अनु चौधरीको स्वर रहेको गीत ‘अलि अलि झगडा’ सार्वजनिक भएको छ । गीतमा शब्द, संगीत र संगीत संयोजन गायक निरौला आफैले गरेका छन् ।

माया प्रेमका शब्दहरुले भरिएको गीतको भिडियो पनि बनेको छ । जसमा विक्रम बुढाथोकी र योगीता दाहालको अभिनय छ । 

एक जोडी प्रेमी प्रेमीकाको प्रेम र रोमान्स देखाइएको भिडियो विकाश प्रसाईँले निर्देशन गरेका हुन् । प्रकाश खड्काको छायांकन रहेको भिडियो निर्देशक प्रसाईँ आफैले सम्पादन गरेका हुन् ।