बैशाख ९, २०८१ आइतबार

बैतडी : लोक तथा देउडा गायक महेशकुमार औजीको नयाँ गीत पदमका फूल सार्वजनिक भएको छ। गायक औजीको आफ्नै अफिसियल युटूब च्यानलबाट गीत भिडियोसहित सार्वजनिक भएको हो।

गायक औजी र महेन्द्रराम पार्कीको आवाज रहेको गीतमा ग्रुप भोकल विमला कडेल, लक्ष्मी राना, रूपा तामाङ, योगेश पुन र रामबाबु परियारको रहेको छ। गीतमा गायक औजीसँगै पार्की र कैलाश पाण्डेयको लय रहेको जनाइएको छ।

हेमन्त शिशिरले एरेन्ज गरेको गीतमा अभिषेक खड्का र दुर्गा भट्टको सुन्दर अभिनय रहेको छ। गीतमा माया पिरती र यथार्थ जीवनको कुरा समेटिएको छ।

सुदूरपश्चिमा बेग्लै पहिचान बनाएका गायक औजीले नयाँ तरिकाले गीत प्रस्तुत गरेका हुन्। विगतमा जस्तै आफ्ना गीतलाई माया गरिदिन र आवश्यक सल्लाह सुझाव दिन गायक औजीले आग्रह गरेका छन्। औजी अढाई दशकदेखि गायन क्षेत्रमा सक्रिय छन्।