बैशाख १०, २०८१ सोमबार

काठमाडौँ । गायक कृष्ण बिकको नयाँ गीत ‘निरमाया’ सार्वजनिक भएको छ । गीतमा बिकलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । प्रेमिल भावको गीतमा शब्द तथा सङ्गीत भीम बिसीको छ ।

संख्यामा भन्दा पनि गुणस्तरमा ध्यान दिने बिक वर्षमा एक दुई गीत मात्र ल्याउँछन् । यसअघि ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ लगायतका गीत सार्वजनिक गरेका बिकको यो गीतमा प्रियंका कार्की, आशीर्वाद क्षेत्री र सलिना खत्रीको अभिनय छ । ‘नाइँ नभन्नु ल ६’ अभिनेताको रूपमा भित्रिएका क्षेत्रीले पहिलो पटक म्युजिक भिडियोमा अभिनय गरेका हुन् । 

‘निरमाया’को भिडियोलाई जीवी आग्रीले निर्देशन गरेका छन् भने कोरियोग्राफर कबिराज गहतराज हुन् । सञ्जय लामाले छायांकन रहेको भिडियोमा मिलन श्रेष्ठको सम्पादन छ ।