एजेन्सी : अर्थमन्त्री ऋषि सुनाकले आर्थिक वर्ष २०२१/२२ को बजेट प्रस्तुत गर्दै सरकारले अप्ठेरो अवस्थामा पनि उत्कृष्ट बजेट प्रस्तुत गरेको दाबी गरेका छन् ।
यो आर्थिक वर्षमा ४प्रतीशत तथा २०२२ मा ७.३प्रतिशतले आर्थिक दर वृद्धि हुने अनुमान गरिएको छ ।
बजेटका केही विशेषताहरु यस प्रकार छन्:-
१) बेलायतमा प्रति घण्टा दिनु पर्ने निम्नतम तलब ( Minimum Wages) ८पाउण्ड ७२पेन्सबाट बढाएर यो आर्थिक वर्षमा ८पाउण्ड ९१ पेन्स बनाइने भएको छ ।
२) आर्थिक वर्ष २०२१/२२ का लागि ५विलियम पाउण्ड सप, पब, जिम, क्लबलाई सहयोग गर्ने भएकोछ।
३) फर्लो स्किम अर्थात व्यापार व्यवसाय नभएर कर्मचारी हटाउन नपरोस् भन्नका लागि सरकारले तलबको ८० प्रतिशत अप्रिल सम्म दिने पहिलेको निर्णयलाई लम्ब्याएर आगामी सेप्टेम्बर सम्म दिने भएकोछ।
४) मोर्गेज स्किम तथा व्यापार व्यवसाय सञ्चालनका लागि सपोर्ट गर्ने भएको छ । त्यस्तै गरी घर किन्नको लागि कम्तीमा ५प्रतीशत डिपोजिट गरे हुने भएको छ ।
५) अल्कोहल तथा फ्यूल ड्युटी नबढाउने प्रतिबद्धता जाहेर गरिएको छ।
६) बेरोजगार बढेर करिब ६.५प्रतिशत पुग्ने अनुमान गरिएको छ।
७) कोरोना भ्याक्सिन लगाउनको लागि १.६बिलियन सहयोग गर्ने जनाइएको छ ।
८) आर्थीक अवस्था कमजोर भएका दशौं लाख ब्यक्तिलाई युनिभर्सल क्रेडिट अर्को ६ महिनाको लागि पहिले अस्थायी रूपमा थपेको २० पाउण्ड कायमै राख्ने जनाएका छन।
९) सरकारले यो आर्थिक वर्षमा ३सय ५५बिलियन पाउण्ड सापटी लिने भएकोछ ।