बैशाख २३, २०८१ आइतबार

काठमाडौँ । गायिका गीता भट्टराईको नयाँ गीत ‘दियो कलश’ सार्वजनिक भएको छ । रमेश परियारको शब्द, सङ्गीत रहेको गीतमा गायिका भट्टराईलाई रमेश निर्दोषले स्वरमा साथ दिएका छन् । 

गीतको भिडियोमा सुरेश कोहली, अस्मिता रणपालको अलवा गायिका भट्टराईलाई पनि देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार भिडियोमा एक जोडी प्रेमीको प्रेमकथा देखाउन खोजिएको छ ।

अजय रेग्मीको छायांकन, अमित चापागाईंको सम्पादन रहेको भिडियो कुमार केसीले निर्देशन गरेका हुन् । गायिका भट्टराई लोकदोहोरी, लोकपप तथा आधुनिक गीत गायनमा पनि चिनिँदै आएकी छन् ।