बैशाख २५, २०८१ मंगलबार

काठमाडौँ, २५ वैशाखः लोकदोहोरी गायिका सुमित्रा तामाङ र गायक खेम सेन्चुरीको स्वर रहेको नयाँ लोकगीत ‘मान्छे सोझी छ’ सार्वजनिक भएको छ । गीतमा नेत्र अर्यालको शब्द  र  गायक खेम सेन्चुरीकै संगीत छ । 

गीतको म्युजिक भिडिओमा गायिका सुमित्रा आफैँले अभिनय गरेकी छन् । भिडियो अभिनयमा उनलाई विनोद भण्डारीले साथ दिएका छन् ।

भण्डारीकै निर्देशन रहेको भिडियोमा समाजमा घट्ने समसामयिक विषयवस्तुलाई समावेश छ ।

‘मत गाउँले मगरकी छोरी’ बोलको गीतबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेकी सुमित्राका ‘यो जुनेली रात,’ ‘दौतरी,’ ‘मलेखु माछा,’ ‘सम्झना बिर्सनाको साथी’ ‘चौतारीको बर’लगायत दर्जनौँ गीत आइसकेका छन् ।