असार ३१, २०७८ बिहिबार

साङ्केतिक तस्बिर

अमेरिकाको न्यूजर्सीस्थित मावा शहरमा एक नेपालीले अर्का नेपालीलाई गोली हानी हत्या गरेका छन् ।

न्यूजर्सीको एक इन्धन चौकी (ग्यास स्टेसन) तथा सुलभ पसलमा काम गर्ने २३ वर्षीय मिलन घिमिरेले ५६ वर्षीय फू छेवाङ्गलाई सोमबार राति ९ः४४ बजे गोली हानी हत्या गरेका हुन् ।

घिमिरे र छेवाङ्ग सँगै काम गर्ने सहकर्मी हुन् । प्रहरीका अनुसार घिमिरेले कैयौँ पटक गोली प्रहार गरेका थिए । घिमिरेले आफै प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । छेवाङ्गको शव घटनास्थलमै फेला परेको थियो । घिमिरेलाई न्यूयोर्कको ब्रनक्समा न्यूयोर्क प्रहरी विभागको आकस्मिक सेवा ईकाईले पक्राउ गरेको छ ।

उनलाई हत्या गरेको आरोपमा प्रथम श्रेणीको हत्या, गैरकानुनी रूपमा बन्दुक प्रयोग गरेको आरोपमा दोश्रो श्रेणी , अनुमतिविना बन्दुक राखेकामा दोश्रो दर्जाको आरोप लगाइएको उजुरीमा लेखिएको छ । गोली काण्डबारे थप अनुसन्धान भइरहेको छ ।