जेठ २४, २०८१ बिहिबार

काठमाडौँ, २४ जेठ : आगामी श्रावण १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ का दुई पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा  फिल्मका मुख्य कलाकार अमरप्रताप श्रेष्ठ र वर्षा सिवाकोटी अटाएका छन् ।  दुईमध्ये एकमा डेब्यु अभिनेता श्रेष्ठलाई ‘एङ्ग्री योङ म्यान’ को रूपमा देखाइएको छ । गालामा चिथोरिएको दाग छ । हातमा टाँका लगाइएको अवस्थामा छ ।

अभिनेत्री सिवाकोटीलाई पोस्टरमा रहस्यमय अवतारमा देखाइएको छ । उनी पनि कुनै पहाडी इलाकामा उभिएकी छन् । उनको पछाडि उकालो बाटो छ । उनी थोरै बुट्टा भएको सेतो कपडामा छिन् । फिल्ममा वर्षा र अमरको जोडी देख्न सकिनछ । 

शङ्कर कोइराला निर्देशित फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको घटनामा आधारित रहेर बनेको हो । फिल्ममा अमर र वर्षासहित रेजिना उप्रेती, प्रविण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस लगायतको अभिनय छ । 

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो फिल्म आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । यसमा दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह–निर्माता रहेका छन् । उत्सव दाहालको डिओपी, भरत रेग्मीको सम्पादन, दीपेन्द्र गौतम(माइकल)को प्रोडक्शन डिजाइन रहेको फिल्म रिच इन्टरटेन्मेन्टले काठमाडौँ उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।