जेठ २९, २०८१ मंगलबार

काठमाडौँ, २९ जेठ : अर्थमन्त्री वर्षमान पुनले तीन खम्बे अर्थनीति अनुसार नै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई अग्रभूमिकामा राख्दै संविधानमा उल्लेख तीन खम्बे अर्थनीति अनुसारनै नयाँ चरणको आर्थिक सुधारको बाटोमा अघि बढेको बताएका हुन् ।

राजनीतिक नेतृत्व लगायतका विज्ञहरूको सहभागितामा आर्थिक सुधारका लागि नीतिको निरन्तरतासहितको रोडम्याप आयोगमार्फत बनाइने उनले बताए । 

अर्थमन्त्री पुनले जलविद्युत क्षेत्र, सिमेन्ट क्षेत्र लगायतमा पुरानै नीति भएकै कारण उक्त क्षेत्र राम्रो भएको भन्दै सूचना प्रविधि लगाएका रुपान्तकारी क्षेत्रमा पनि साझा रोडम्याप बनाउन जरुरी रहेको धारणा राखे । 

सरकारले लिएको लक्ष्य अनुसार नयाँ चरणको आर्थिक सुधारको काममा सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।