असार ५, २०८१ बुधबार

काठमाडौँ, ५ असारः नेपाली बजारमा लगातार तेस्रो दिनपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले असार ३ देखि सुनको मूल्य स्थिर रहेको जानकारी दिएको हो । 

जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ४२ हजार २०० रुपैयाँमा कारोबार भएको छ । सोही  मूल्यमा सोमबार र मंगलबार पनि कायम भएकोमा आइतबार भने सुनको मूल्य तोलामा १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै बुधबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार हुँदा चाँदीको मूल्यचाहिँ घटेको छ । 

मंगलबार तोलामा १ हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार भने घटेर तोलामा १ हजार ८०५ रुपैयाँमा कारोबार भएको हो ।