असार १७, २०८१ सोमबार

काठमाडौँ, १७ असार :  सन् २०२४ जुलाइ १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४२ रुपैयाँ ६४ पैसा र बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ३२ पैसा र बिक्री दर १६९ रुपैयाँ ०८ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।