असार २७, २०८१ बिहिबार

काठमाडौँ, २७ असार : सन् २०२४ जुलाई ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।

राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर, युरो, बेलायती पाउण्ड र कतारी रियालको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३४ पैसा र बिक्री दर १३३ रुपैयाँ ९४ पैसा पुगेको छ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ३१ पैसा र बिक्री दर १४४ रुपैयाँ ९६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ८० पैसा र बिक्री दर १७१ रुपैयाँ ५७ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५७ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।