साउन ४, २०८१ शुक्रबार

 गायक तथा अभिनेता यश कुमारले नयाँ गीत ‘हिरो’ सार्वजनिक भएको छ । गीतमा यश कुमारकै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । 

गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय छ । गायक यश कुमार पनि भिडियोमा अतिथि भूमिकामा देखिएका छन् ।

भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । गीतको भिडियो मार्फत गायक यश कुमारले आत्महत्या दुरुत्साहनको मुद्दा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्महत्याका केशहरु बढी रहेकाले पनि आफूलाई यो मुद्दा उठाउनुपर्छ भन्ने लागेकाले यश कुमारले बताए ।

गीतमा हरि हुँमागाईको छायांकन, विकास धमलाको सम्पादन छ ।