काठमाडौं ।
आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ।
यसअघि बिहीवार प्रतितोला छापावाला सुनको मूल्य तोलामा ८६ हजार ५ सय रहेको थियो । आज तोलामा ९ सयले कमि भइ प्रतितोला सुन ८५ हजार ६ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज प्रतितोला तेजावी सुनको मूल्य तोलामा ८५ हजार १५० सय कायम भएको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य १२ सय ८५ रहेको थियो । आज मूल्य कमि आइ प्रतितोला चाँदीको मूल्य १२ सय ५० कायम भइ कारोबार भइरहेको छ ।