बाजुरा, २१ फागुनः गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीय डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।
आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु भएको उहाँका आफन्त दीपेन्द्र रोकायाले राससलाई बताउनुभयो । उहाँ एक सय मिटर तल खोचको खस्नुभएको हो । उहाँका एक छोरा हुनुहुन्छ ।