फागुन २३, २०७७ आइतबार

अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा नयाँ व्यवसाय सुरु गरेकी छन्। उनले ‘सोना’ नामको भारतीय रेष्टुरेन्ट सुरु गरेकाे  सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी छन्।

बलिउडदेखि हलिउडसम्म आफ्नो चलचित्र करियरलाई दिशा दिएकी कलाकार हुन् प्रियंका। उनले चलचित्र क्षेत्रभन्दा अलग ठाउँमा पनि आफ्नो परिचय स्थापना गरेकी छन्। सामाजिक सेवा र लेखनको क्षेत्रमा अग्रसर चोपडा आफ्नो व्यवसायिकतालाई अझै फराकिलो बनाउने प्रयत्नमा लागिरहेकी छन्।

नयाँ रेष्टुरेन्टको नाम सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘म तपाईँको अगाडि ‘सोना’ पेश गर्न पाउँदा खुशी छु। न्यूयोर्कमा एउटा नयाँ रेष्टुरेन्ट जहाँ मैले भारतीय खानाप्रति आफ्नो माया पोखेकी छु। भारतको खानाको स्वाद र सुगन्ध सोनामा छ। यसको सेफ हरी नायक छन्, जो धेरै प्रतिभाशाली छन्। उनले सबैभन्दा स्वादिलो र ‘इनोभेटिभ मेन्यू’ तयार पारेका छन्। सोना मार्चको अन्तमा खुल्दैछ र म त्यहाँ तपाईँहरुलाई त्यहा स्वागत गर्नको लागि अझै कुर्न सक्दिन। यो प्रयास मेरा साथीहरु मनिष गोयल र डेबिट रेबिनको नेतृत्व बिना संभव थिएन। यो सोचलाई यति स्पष्टतसँग साकार बनाउनको लागि डिजाइनर मेलिसा बोबर्स र बाँकी टीमाई धन्यवाद!’