कुवेतको अल्मूला एक्सचेन्जमा काम गर्ने नेपाली युवा ज्ञानेन्द्र रिजाल गत आइतबार बेलुकी करिब ९:२० बजे कामबाट कोठा फर्किने क्रममा लुटिएका छन् ।
काम सकेर फर्किएका रिजाललाई बाटामा दुई जना कुवेती नागरिक जस्ता देखिने व्यक्तिले पर्ससहित सिभिल आईडी बैंक कार्ड र नगद ११ कुवेती दिनरसहित पर्समा भएको सम्पूर्ण डकुमेन्ट लुटेर लगेको बताइएको छ ।