फागुन २३, २०७७ आइतबार


एजेन्सी।
फर्च्युन म्यागेजिनले हालै विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा धेरै प्रविधि कम्पनीहरुले आफ्नो स्थान सुरक्षित गरेका छन् भने अमेरिकी कम्पनी एप्पल पहिलो स्थानमा पर्न सफल भएको छ ।

विश्वका ३ हजार ८ सय भन्दा धेरै कर्पोरेट क्षेत्रका कार्यकारीहरु, निर्देशक तथा विश्लेषकहरुसँगको सर्वेक्षणबाट फर्च्युनले यस्तो सूची तयार पारेको हो । फर्च्युनको सूचीमा रहेका विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुमध्ये प्रविधि क्षेत्रका सर्वाधिक प्रतिष्ठित १५ कम्पनी यस्ता छन् स्


१)एप्पल 
पछिल्लो १४ वर्षदेखि अमेरिकी कम्पनी एप्पल लगातार विश्वको सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा पहिलो स्थानमा रहँदै आएको छ र यो पटक पनि त्यसलाई कायम राखेको छ ।

२) अमेजन 
 विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीको सूचीमा अमेजन कम्पनी दोश्रो नम्बरमा रहेको छ ।

३) माइक्रोसफ्ट 
सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीको तेश्रो स्थान पनि प्रविधि कम्पनीले कब्जा गरेको छ र उक्त स्थानमा माइक्रोसफ्ट कम्पनी रहेको छ ।

४) अल्फाबेट 
गुगलको मातृ कम्पनी विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा सातौँ स्थानमा छ भने प्रविधि जगतमा चौथो स्थानमा छ ।

५) सेल्सफोर्स

 अमेरिकी सफ्टवेयर कम्पनी सेल्सफोर्स विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा १२ औँ स्थानमा रहेको छ ।

) एसेन्चर 
 आइरिस कम्पनी एसेन्चर विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३३औँ स्थानमा छ ।

७)एनभिदिया 
 अमेरिकी चिप निर्माता कम्पनी एनभिदिया विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ३७औँ स्थानमा छ ।

८)एडोब 
 सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा एडोब कम्पनीले आफुलाई ४०औँ स्थानमा राख्न सफल भएको छ ।

९)आइबिएम 
 अमेरिकी कम्पनी आइबिएम विश्वका सर्वाधिक प्रतिष्ठित कम्पनीहरुको सूचीमा ४१औँ स्थानमा छ ।

१०) सामसुंग 
दक्षिण कोरियाली कम्पनी सामसुंगले आफुलाई टप ५० भित्र राख्न सफल भएको छ र विश्वका सर्वाधिक लोकप्रिय कम्पनीहरुको सूचीमा ४९ औँ स्थानमा रहेको छ ।