भदौ ३०, २०७८ बुधबार

टोकियो : अहिलेको अव्यवस्थित खानपान, रहनसहन र रोगव्याधीका कारण मानिस कति वर्ष बाँच्ला ? बढीमा ८० ? तर जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको सङ्ख्या ८५ हजार नाघेको छ।  सय वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धहरूको सङ्ख्या १० हजार पुगेसँगै जापानमा नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ। 

मंगलबार जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सय वा सोभन्दा बढी उमेर पार गर्नेहरूको सङ्ख्या अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय रूपले बढिरहेको छ। जसअनुसार पछिल्लो समय सय वर्ष उमेर नाघ्नेहरूको सङ्ख्या बर्षेनि ६ हजारको दरले बढिरहेको छ। 

जापानमा सय वर्षभन्दा बढी बाँच्नेमा पुरुषहरूको तुलनामा महिलाको सङ्ख्या रहेको छ। करिब ८६ हजार ५१०  वृद्धवृद्धामध्ये १० हजार ६० वृद्धहरुको सङ्ख्या रहेको छ। जापानमा सन् १९६३ देखि शताब्दी नाघेका मानिसहरूको जनगणना थालिएको थियो। सुरुवाती चरणको तुलनामा पछिल्लो समय सो सङ्ख्या ८६ प्रतिशतको दरले बढेको अधिकारीहरूले जनाएका छन्। सय वर्षभन्दा बढी उमेरसम्म बाँच्नुमा जापानको अत्याधुनिक मेडिकल प्रविधि र खानपान जीवनशैली रहेको जापानको स्वास्थ्य मन्त्रालयको भनाइ छ।