काठमाडौं। नर्वेस्थित एक कर्मठ, सालिन सामाजिक युवा अभियान्ता तथा एन.आर.एन.ए. नर्वेका निवर्तमान उपाध्यक्ष किरण गुरुङले आउँदो गैरआवासीय नेपाली संघको अक्टोवर २३ देखि २५ सम्म हुन गइरहेको १० औं महाधिवेशनमा संघको युरोप युवा संयोजकमा उमेद्वारी दिने तयारी गरेका छन्।
विगत ६/७ वर्ष देखि सामाजिक तथा एन.आर.एन.ए. अभियानमा संलग्न रहेका गुरुङले काम गर्दै जाँदा धेरै अनुभवहरु बटुल्ने मौका पाएका र भविष्यमा अझै धेरै बटुल्न र सिक्न बाँकी नै रहेको बताए।
उनले भने "नेपालीका लागी नेपालीू "भन्ने नारालाई वाक्यमा मात्रा सीमित नराखी उक्त नारालाई आत्मासाथ गर्दै हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई नेपालमा होस् या विदेशमा जहाँ रहनुभएता पनि वहाँहरुलाई कुनै पनि समस्या आईपर्दा व्यक्तिगत र सामुहिक रुपमा विभिन्न प्रयासहरु भएको र आगामी दिनहरुमा पनि भईरहने बताए।
भाषण र बोलीमा भन्दा काममा प्रतिबद्दता राख्ने गुरुङले "नेपाल भ्रमण बर्ष २०२०ुु लाई सफल पार्न आफ्नो व्यक्तिगत तर्फबाट आफु जन्मेको थलो माछापुच्छ्रे गाउॅंपालीका वडा नं ९ मा लुकेका र लोपउन्मुख प्राकृतिक सौन्दर्यताहरुलाई सबै सामु पुर्याउने हेतुका साथ चर्चित नेपाली हांस्य टेली सृंखला हल्का रमाईलो र वडा पालिका संग समन्वय गरेर काम गरेका थिए। गत वर्ष देखि शुरु भएको कोभिड प्रकोपमा पनि सामुहिक रुपमा सक्दो सहयोग गरेका थिए। उनले नेपालमा दुखी, बाढीपिडीत, वृद्धाश्रम देखि लिएर अन्य विभिन्न सामाजिक कार्यहरुमा समेत निरन्तर सहयोग गर्दै आईरहेका छन्।
विगत १२ वर्ष देखि विदेशमा रहँदै आएका गुरुङ युरोपका यु.के, पोर्चुगल लगाएत अन्य विभिन्न देशहरुमा बसाईंसराईं गर्दै हाल नर्वेमा बसोबास गर्दै आईरहेका छन्। गुरुङले हाम्रो नेपाली कला, संस्कृती तथा परम्परालाई माया गर्दै युरोपका विभिन्न शहरहरुमा नेपाली सांस्कृतिक तथा मनोरन्जनात्मक कार्यक्रमहरु गर्दै पनि आईरहेका छन्।
नर्वेका नेपालीहरु माझ निक्कै नै चर्चित गुरुङ त्यहाँ नेपाली समुदायमा केही समस्या पर्दा सम्झिने अग्रपंक्तिमै आउने नाम हो।नेपाली सिने जगतलाई पनि असाध्धै मायां गर्नेहुनाले वहांले विदेशका विभिन्न शहरहरुमा अन्य हलिउड, बलिउड फिल्म सरह हाम्रो नेपाली फिल्महरुलाई पनि सिनेमा हलहरुमा प्रदर्शन गर्दै आएका छन्। यसो गर्दा विदेशीमुलका नागरिकहरु सामु हाम्रो देश नेपाल अनि हाम्रो कला र संस्कृतिको बिस्तार हुने र त्यहाँका नयॉं नेपाली पिंढीहरुले पनी आफ्नो पुर्खाको देश नेपाललाई चिन्ने र जान्ने मौका पाउने कुरामा गुरुङ विश्वस्त छन्।
गुरुङ एक लगनशील युवा व्यवसायी पनि भएकाले उनले विदेश देखि नेपाल सम्म होटेल तथा नेपाली कलाक्षेत्रहरुरमा समेत लगानी गर्दै आईरहेका छन्। उनले केहि म्युजीक भिडीयोहरुमा समेत अभिनय गरिसकेका छन्।
गुरुङ युरोप युवा-संयोजकमा आउनुको धेरै उदेश्यहरु रहेको र जसमध्य प्रमुख उदेस्य भनेको वहाँ जस्ता कयौं युवाहरु आफ्नो उज्वल भविश्यको खोजिमा विदेश पलाएन भएका र जती नै विदेश पलाएन भएका युवाहरु र नयाँ पुस्ताहरुले विदेशी भुमीबाट ग्रहण गरेका केही न केही नयाँ ज्ञान, सीप, पुंजी र प्रविधि, जुन कुराहरु हाम्रो देशका लागी अती नै आवश्यक रहेको र जतिनै विदेशिएका युवा वर्गले यी सबै पक्षहरुलाई आफ्नै मातृभुमीको माटोमा लगानी गर्नुपर्छ भन्ने सोचप्रती दृढ भई अघि बढ्ने र बढाउने जोस र जांगरका साथ यो संकल्पलाई पुरा गर्नका निमित्त एन।आर।एन।ए को कार्यकारी समिती भित्र रही काम गर्दा धेरै सहज र सफल हुने विश्वासले अब अक्टोबर २३-२५ मा हुने १० औं एन.आर.एन.ए महाअधिबेशनमा युरोप युवा-संयोजकमा उम्मेदवारी दिने तयारीमा रहेको बताए।