फागुन २५, २०७७ मंगलबार


काठमाण्डौ।
 अभिनेता रणवीर कपुर अस्वस्थ भएका छन् । उनका अभिनेता काका रणधीर कपूरले रणवीरलाई कोरोना संक्रमण भएको र हाल क्वारेन्टाइनमा रहेको जानकारी दिएका छन् ।

दैनिक जागरणमा प्रकाशित समाचारअनुसार अंग्रेजी वेबसाइट पिंकविलासँग कुराकानीमा रणधीरले यो कुराको पुष्टि गरेका हुन् ।
उनलाई वेबसाइटले ‘के रणवीर कपूर कोरोना भाइरसबाट संक्रमित भएका हुन् रु’ भनेर सोध्दा रणधीरले ‘हो’ भनी जवाफ दिएका छन् ।

‘मैले बुझेसम्म रणवीर अहिले ठिक छैनन् । तर मलाई थाहा छैन कि उसलाई कसरी भयो । म सहरमा छैन’, उनले भनेका छन् ।

रणवीरका फ्यानहरु उनलाई चाँडो स्वस्थ हुन कामना गरिरहेका छन् । गत डिसेम्बरमा उनकी आमा नीतू कपूर पनि कोरोना संक्रमित भएकी थिइन् । फिल्म ‘जुग जुग जियो’को सुटिङका समयमा उनी कोरोनाको चपेटामा परेकी थिइन् ।

कामको कुरा गर्दा रणवीर हालका दिनमा फिल्म ‘ब्रह्मास्त्र’को छायांकनको अन्तिम चरणमा छन् । यो सुपरहिरो ट्रिलोजी फिल्मको निर्देशन अयान मुखर्जीले गरिरहेका छन् ।यो फिल्ममा आलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्कीनेनी र मौनी रायको पनि अभिनय छ ।