बैशाख ३०, २०८३ बुधबार

काठमाडौँ, ३० वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले प्रकाश अधिकारी (सङ्खुवासभा)लाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ ।

    राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम उहाँलाई आज सचिवमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।