असोज २७, २०७८ बुधबार

 कुवेतले महिलाहरुलाई सैन्य सेवामा भर्ना हुन अनुमति दिएको छ।

कुवेतका उपप्रधानमन्त्री र रक्षा मन्त्री शेख हमाद जाबेर अल-अली अल-सबाहले मंगलबार कुवेत महिलाहरुलाई राष्ट्रिय सैन्य सेवामा भर्ना हुनको लागी दर्ता खोल्न मन्त्रीस्तरीय निर्णय जारी गरेका छन। महिलाहरुले प्रारम्भिक चरणमा चिकित्सा र सैन्य सहयोगको क्षेत्रमा सेवा गर्नेछन्। 

कुवेत महिलाहरुले धेरै क्षेत्रमा आफ्नो उपलब्धि प्रमाणित गरिसकेकाले महिलाहरुलाई पुरुषहरुसंग सैन्य सेवामा प्रवेश गर्न को लागी अनुमोदन दिइएको कुवेतका उपप्रधानमन्त्री शेख हमादले बताए। उनले कुवेती महिलाहरुमा सेनामा काम गर्न कठिनाई सहन सक्ने क्षमता भएकोमा आफ्नो पूर्ण विश्वास रहेको प्रष्ट पारे।

कुवेत महिलाहरुले आफ्नो अधिकार प्राप्तिमा महत्वपूर्ण प्रगति गर्दै आईरहेका छन। सन २००५ मा कुवेती महिलाहरुलाई मतदान गर्ने अधिकार प्रदान गरिएको थियो। त्यसपछी आम चुनाव मा संसदीय पदहरुमा समेत महिलाहरुले विजय हासिल गरेका थिए।

सन २००८ मा साद अल-अब्दुल्लाह एकेडेमी अफ सेक्युरिटी साइन्सेजले कुवेत पुलिस बलमा भर्ना हुन महिलाहरुको लागी दर्ता खोल्न निर्णय गरेको थियो।

 कुवेत मा महिला न्यायाधीशहरुको संख्या हाल १५ जना रहेको छ।