जेठ १५, २०८३ शुक्रबार

नारायणगढ (चितवन), १५ जेठः जिल्ला प्रशासन कार्यालय चितवनबाट राहदानी प्राप्त गर्न चहानुहुने सेवाग्राहीले रु ५५ को हुलाक टिकट खरिद गरेकालाई जिल्ला हुलाक कार्यालयले चितवनले घरघरमा राहदानी पु¥याउन सुरु गरेको छ । 

हाल दैनिक २० देखि ३० थान राहदानी घरघरमा पु¥याउने थालिएको जिल्ला हुलाक कार्यालय चितवनका कार्यालय प्रमुख शालिकराम बस्यालले राससलाई जानकारी दिनुभयो ।
  
पहिले चिठीपत्र पु¥याउने कार्यमा सीमित हुलाक सेवा अहिले पार्सल, इसएमएसल तथा राहादनीलगायत सेवा घरघरमा पु¥याउनमा लागिपरेको छ ।  

सरकारले जारी गरेको प्रशासनिक सुधारसम्बन्धी १०० बुँदे कार्ययोजना लागू गर्ने कार्यअन्तर्गत घरघरमा सेवा  पुर्‍याउन थालिएको हो । 

हुलाक सेवामार्फत हाल ७१ देशका ९३ गन्तव्य सहरसम्म सेवाको पहुँच रहेको जिल्ला हुलाक कार्यालयले बताएको छ ।  
  
भरतपुर महानगरपालिकाभित्र पाँच वटा, राप्ती नगरपालिकामा चार वटा तथा खैरहनी र रत्ननगर नगरपालिकामा एक–एक वटा अतिरिक्त हुलाक कार्यालय सञ्चालनमा छन् । 
    
जिल्ला हुलाक कार्यालय तथा मातहतका कार्यालयमा स्थायी, अस्थायी र करार गरी ७२ जना कर्मचारी कार्यरत छन् ।