काठमाडौँ, १८ जेठः राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको सम्बन्धमा जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।
बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै स्पष्ट पार्न माग गर्नुभयो ।
सांसद कर्णपछि बोल्नुभएका सांसदहरु राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गर्नुभएको थियो । आकस्मिक समयपछि सांसदहरुले सो बारेमा सरकारलाई स्पष्ट पार्नुपर्ने माग गर्दै आसनबाट उभिएर विरोध जनाउनु भएको थियो ।
–––