जेठ १८, २०८३ सोमबार

काठमाडौँ, १८ जेठ :  प्रतिनिधिसभाको आजको बैठककले संसदको  आइतबारको   बैठकमा सांसद सदस्यले अमार्यादित र आपत्तिजनक व्यवहार गरेको  भन्दै तीन सदस्य छानबिन समिति गठन गरेको  छ ।

    सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा सङ्घीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहेको तीन सदस्यीय समिति गठन गर्नुभएको हो ।

       उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउनु भनिएको छ ।
 
   प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले  अमार्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पु¥याउने काम गरेको सभामुखले जानकारी गराउनुभयो ।
 
   प्रतिपक्षले आजपनि  सदन अवरुद्ध गरेपछि सोमबारका  लागि तय भएका बैठकको कार्यसूचीका विषयहरु हटाइएको छ ।
     प्रतिनिधिसभाको अर्को बैठक यही जेठ १९ गते १ बजे बस्नेछ ।