फागुन २६, २०७७ बुधबार


काठमाडौँ। 
स्थानीय बजारमा आज बुधबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ६०० रुपैयाँले बृद्धि भएको सुनको भाउ आज पुनः ६०० रुपैयाँ नै घटेको छ ।

हिजो प्रतितोला ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ८६ हजार २०० रुपैयाँमा कारोबार हुनेछ । 
त्यस्तै, सोही परिमाणको तेजावी सुन प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । 

यता, चाँदीको मूल्य समेत बृद्धि भएको छ । मंगलबार प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज प्रतितोला एक हजार २७० रुपैयाँ पर्ने महासंघले जनाएको छ ।