जेठ २९, २०८३ शुक्रबार

चितवन, २९ जेठः यहाँस्थित दुई सरकारी अस्पताल–भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीका भार बढेको छ ।  

    भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी 
अस्पतालमा  बहिरङ्ग सेवा लिन आउने बिरामीका सङ्ख्या बढेको हो । 

    भरतपुर अस्पताल, स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलले दैनिक दुई हजार ३२३ र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा उमेश नेपालले दैनिक  ८५० बिरामीलाई बिहान ८ः०० बजेदेखि ४ः०० बजेसम्म बहिरङ्ग सेवा दिने गरेको जानकारी दिनुभयो ।     
    
    उहाँहरुले–भारतीय सीमा क्षेत्रबाट यहाँस्थित सरकारी अस्पतालमा  उपचारका लागि बिरामी आउने गर्दा बिरामीको भार बढेको बताउनुभयो ।