असार १, २०८३ सोमबार

काठमाडौँ, १ असारः स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक सहयोग मन्त्रालयको दक्षिण एसिया विभाग तथा विकासका प्रमुख बारबरा शेफरसहित नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले आज शिष्टाचार भेटघाट गर्नुभयो । 

    सो अवसरमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको मन्त्रालयमा सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।  उहाँका अनुसार जर्मन सरकारले नेपालको स्वास्थ्य क्षेत्रमा गरिरहेको पूर्वाधार निर्माणका साथै विभिन्न परियोजनामार्फत भएको सहयोगका लागि मन्त्री मेहताले प्रशंसा गर्नुभयो । 

    सो अवसरमा जर्मन सरकारका तर्फबाट राजदूत भोल्जले हालको परिस्थितिमा सरकारको प्राथमिकताका क्षेत्रमा अझ सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  भेटघाटमा जर्मनका तर्फबाट केएफडब्ल्यु जिआइजेड र पिटीआई नेपालमा कार्यरत संस्थाका प्रमुख एवं प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।