कात्तिक ६, २०७८ शनिबार

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सङ्कलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार सुर्खेतमा चार दिन परेको बेमौसमी वर्षात्बाट ३६ करोड २८ लाख १६ हजार बराबरको धानबालीमा क्षति पुगेको छ ।

जिल्लामा गरिएको खेतीमध्ये एक हजार ३७ जनाले लगाएको तीन हजार ९९ विगाह पाँच कठ्ठाको धानमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेत जनाएको छ । प्रहरीका अनुसार एक लाख ८५ हजार दुईसय ७९ बोरा काटेको धान नष्ट भएको छ ।

कृषकले काटेको धान वर्षात्ले बारीमा उम्रिएको र काट्न तयारी अवस्थामा रहेको धान ढल्दा कुहिएको प्रहरी तथ्याङ्कमा समावेश छ । प्रहरीका अनुसार वर्षाले सबैभन्दा धेरै गुर्भाकोट नगरपालिकाको मालारानी र वीरेन्द्रनगर नगरपालिकाको कृषियोग्य क्षेत्रमा क्षति पुगेको छ ।