असार ४, २०८३ बिहिबार

बागमती, ४ असारः मकवानपुर जिल्लाका ४०  औषधि पसल बन्द गरिएको छ । 

नवीकरण नगरी पसल सञ्चालन गरिएकाले बन्द गरिएको हो । फार्मेसी, भेट फर्मा र आयुर्वेद फर्मा हरु बन्द गरिएका हुन् । 

    औषधि व्यवस्था विभागले तोकेको समयसीमाभित्र नवीकरण नगरेकाले उक्त पसल बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत  गुणराजप्रसाद न्यौपानेले बताउनुभयो ।