कात्तिक १०, २०७८ बुधबार

महेश सिंह/सिरहा/ १० कार्तिक - साना किसान कृषि सहकारी संस्था लि.लहान ११ पडरियाले आयोजना गरेको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न भएको छ। स्वस्थ  मासुका लागि बाख्रापालन उप-आयोजना कार्यक्रम सम्पन्न भएको हो।

साना किसान कृषि सहकारी संस्था लि. लहान ११ पडरिया र सहयोगी संस्थामा नेपाल लाइभस्टक सेकटर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग इकाई हेटौंडाको सहकार्यमा उक्त कार्यक्रमको आयोजना भएको हो।

साना किसानको प्रतिनिधि मागैन कामैतको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने लहान नगरपालिकाको मेयर मुमी साहले कार्यक्रमको प्रमुख अतिथि रहेका थिए । मेयर साहले मैनवती बालेर सुनुवाइ कार्यक्रमको उद्घघाटन गरेका थिए। 

२०६१ सालमा उक्त संस्थाको स्थापना भएको हो।सार्वजनिक सुनुवाइ कार्यक्रमको अध्यक्ष मागैन कामैतका अनुसार नेपालमा २२८ गापामा उक्त संस्थाको कार्यक्रम सञ्चालनमा रहेका छन् भने नेपालमा जम्मा ४७ वाटा जिल्लामा विभिन्न संस्थाहरूलाई कार्यक्रम सञ्चालन गर्न अभिप्रेरित गरेका छन्। हाल उक्त संस्थामा करीब ७ सय घरधुरी सदस्य रहेका हुन्। 

हाल संस्थाका चालू पूँजीअन्तर्गत करीब २० करोडमा संस्थाले राइज गरिरहेको आयोजकले जानकारी दिएको छ ।