असार १९, २०८३ शुक्रबार

पेसावर (पाकिस्तान), १९ असार  : पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २० मिटर भन्दा तल खोलामा खसेर दुर्घटना हुँदा, कम्तिमा ४० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

“क्वेटाबाट पेशावर जाँदै गरेको यात्रु वहाक बस पाहाडी दाना सार क्षेत्रको गहिरो खोलामा खस्दा ४० जनाको मृत्यु भएको र अन्य ११ जना घाइते भएको पुष्टि भएको झोब जिल्लाको आपतकालीन केन्द्रका प्रमुख सनाउल्लाह सेरानीले बताउनुभएको छ ।

दुर्घटनामा घाइते भएका यात्रुहरूलाई अस्पताल लगिएको बताउदै तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको सेरानीले बताउनुभएको छ । बस करिब २१ देखि २४ मिटर खोलामा तल खसेर दर्घटना भएको सेरानीले बताएका छन् । 

दुर्गम पाहाडी क्षेत्रमा दुर्घटना भएको कारण, उद्धारमा कठिनाइहरूको सामना गर्नुपरेको उहाँले बताउनु भएको छ । 

बलुचिस्तानको दक्षिणपश्चिमी प्रान्तका मुख्यमन्त्रीका प्रवक्ता शाहिद रिन्दले बस प्रान्तीय राजधानी क्वेटाबाट उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तको पेशावर सहरतर्फ गइरहेको अवस्थामा दुर्घटनामा परेको पुष्टि गर्नु भएको छ ।  

दुर्घटनाको सुचना पाए पछि दुवै प्रान्तका उद्धार टोली घटनास्थलमा तैनाथ रहेको उहाँले बताउनु भएको छ ।

पाकिस्तानमा ट्राफिक नियमको उलङ्घन, उच्च गति, र कमजोर सडक सुरक्षा मापदण्ड र लापरवाहीपूर्ण ड्राइभिङ्गका कारण धेरै सडक दुर्घटनाहरू हुने गरेको जनाइएको छ ।