असार २५, २०८३ बिहिबार

किएभ, २५ असार  : युक्रेनको डोनेट्स्क क्षेत्रमा रूसी सेनाले गरेको आक्रमणमा परी चार जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएको जनाइएको छ ।

डोनेट्स्कका क्षेत्रीय सैन्य प्रशासनका प्रमुख भादिम फिलास्किनले रूसी आक्रमणमा ड्रुझकिव्कामा तीन जना र क्रामटोरस्कमा एक जनाको मृत्यु भएको बताउनुभएको छ ।

पछिल्लो  आक्रमणमा यस क्षेत्रका थप सात जना घाइते भएको युक्रिनफर्मले पनि पुष्टि गरेको छ । 

रूस र युक्रेनले सन् २०२२ फेब्रुअरी देखि दुई पक्ष बिच चलिरहेको द्वन्द्वका कारण यो क्षेत्रमा  दिनहु जसो आक्रमणहरू भएको रिपोर्ट गर्ने गरिएको छ ।