गाजा, २६ असार : अमेरिकी मध्यस्थतामा गरिएको “युद्धविराम“ प्रयासको को बाबजुद गाजामा भएको पछिल्लो इजरायली आक्रमणमा छ जनाको मृत्यु भएको अल जजिराले गाजाको नागरिक सुरक्षा एजेन्सी र स्वास्थ्य अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ ।
इजरायली ड्रोनले मध्य गाजाको नुसिरात शिविरमा प्रहार गरे पछि दुई जनाको मृत्यु भएको र अन्य चार जनाको यस क्षेत्रका विभिन्न भाग भएको आक्रमणमा परीमा मृत्यु भएको नागरिक सुरक्षा एजेन्सीलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ । गाजाका अस्पतालहरूले आक्रमणमा मृत्यु भएकाहरुको शवको पहिचा भईसकेको जनाइएको छ ।
तेहरानको स्ट्रेट अफ होर्मुजमा आवागमन स्वतन्त्रतालाई धम्की दिने क्षमतालाई अझ कम गर्न, व्यावसायिक जहाज र नागरिक चालक दलहरूमा आक्रमण गरे पछि युएस सेन्ट्रल कमान्ड (सेन्टकम) ले इरानको बिरूद्ध थप आक्रमण गर्न थालेको घोषणा गरेको छ ।
सामाजिक सञ्जाल एक्समा गरिएको पोस्टमा युएस सेन्टकमले “कमान्डर इन चिफको निर्देशनमा, युएस सेन्ट्रल कमान्ड फोर्सहरूले होर्मुजको जलमार्गमा इरान विरुद्ध थप आक्रमण गर्न थालेको जनाइएको छ ।
यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आइआरजिसी) ले बिहीबार उत्तरी जोर्डनमा रहेको अमेरिकी अल–अजराक एयर बेसमा १० वटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको दाबी गरेको छ ।
वासिङ्टनले तेहरानमा गरेको आक्रमणको प्रतिक्रियामा यी जवाबी आक्रमणहरू भएको आइआरजिसीले जनाएको छ ।
इरानको सरकारी मिडिया इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) ले आइआरजिसीले मिसाइल आक्रमणलाई संयुक्त राज्य अमेरिकाको आक्रमणको प्रतिक्रियाको “दोस्रो चरण“ को रूपमा वर्णन गरेको छ ।
आईआरजिसीले अमेरिकी सैन्य कारबाहीले यस क्षेत्रका अमेरिकी सुविधाहरुमा थप आक्रमणहरू निम्त्याउने चेतावनी दिदै विज्ञप्ति जारी गरेको छ ।