प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अब न्यायिक नेतृत्व छोडेर मार्ग प्रसस्त गर्नुपर्ने माग गर्दै विद्रोहमा उत्रिएका न्यायाधीशहरूलाई "म सम्मानजनक बहिर्गमन चाहन्छु" भनेर आइतबार प्रस्ताव पठाएपछि न्यायाधीशहरूले भने प्रधानन्यायाधीशको प्रस्ताव बुझेनन् ।
त्यसपछि केही न्यायाधीशले प्रधानन्यायाधीशको प्रस्ताव प्रष्ट रूपले बुझ्न भनेर एउटा अनौपचारिक समिति बनाएको एक न्यायाधीशले भने।
यस्तो प्रस्ताव उनले न्यायाधीश मनोज शर्मामार्फत् पठाएका हुन् ।