असार २९, २०८३ सोमबार

गण्डकी, २९ असारः सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरिएको छ । पोखरा महानगरपालिकाले बेवारिसेपूर्वक स्वतन्त्र छोडिएका जनावरको उचित संरक्षण गरेको हो । 

    सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत  हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ ।   

    महानगरको जनावर उद्धार वाहनमार्फत  चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पु¥याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पु¥याउने गरेका छौँ ।”
    
    गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ । गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।