असार २९, २०८३ सोमबार

विराटनगर, २९ असारः कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध ओसारपसार गर्ने पाँच जनालाई आज पक्राउ गरेको छ । 

    कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अनुसार, गौरादह नगरपालिका–१ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ । 

    यसैगरी, सङ्खुवासभा खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई उनकै घरबाट लुकाईछिपाई राखिएको पाँच किलो १०५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो ।
    
    त्यसैगरी, दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का जमालउद्दीन मिया र इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ ।