कात्तिक १५, २०७८ सोमबार

 सर्वोच्च अदालतमा दङ्गा प्रहरी परिचालन गरिएको भन्दै अधिवक्ताहरूले आपत्ति जनाएका छन् । शान्तिपूर्ण आन्दोलन गरिरहेको अवस्थामा दङ्गा प्रहरी परिचालन गरिनु खेदजनको रहेको उनीहरूको भनाइ छ ।

सर्वोच्च अदालत बार एसोसिएसनका सचिव ऋषिराम घिमिरेले सर्वोच्चभित्र प्रहरी परिचालन गरेर कार्यपालिकाले न्यायापालिकामाथि हस्तक्षेप गर्न खोजेका बताए । कानुन व्यवसायीहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरी परिचालन गरेर हुर्मत लिने काम गरिएको उनले बताए ।