असार ३१, २०८३ बुधबार

फुङ्लिङ (ताप्लेजुङ), ३१ असारः फक्ताङलुङ  गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । 
  
    विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो । 

    यसवर्ष भने १३५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्ष २०८२÷८३ मा रु १९ लाख ६१ हजार ४०० बजेट छात्रवृत्तिका लागि विनियोजन गरेको थियो । 
     
    अध्यक्ष लिम्बूले भन्नुभयो, “विभिन्न कारणले पढाइ स्थगित गरेका विद्यार्थी समेतले पढाइलाई पुनर्जीवित गर्न छात्रवृत्ति  उपयोगी बनेको छ ।