असार ३१, २०८३ बुधबार

काठमाडौँ, ३१ असारः प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगलगायत तीन आयोगका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
     
    बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट काननु, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार मसान्त), राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन आव २०८१÷०८२ र समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन आव २०८१÷०८२ पेस गर्नुभएको हो ।