गोरखा, १ साउनः मलामी गएका गोरखाका एक युवा दरौँदी नदीमा बगेर बेपत्ता हुनुभएको छ ।
अजिरकोट गाउँपालिका–४ तालफुटे घाटमा मलामी जानुभएका झ्याँवाका ४० वर्षका शमशेर नेपाली दरौँदी नदीले बगाउँदा बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । बिहीबार दिउँसो १ः०० बजेदेखि नदीमा हराइरहेका उहाँको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।